मकवानपुर– मकवानपुर–२, प्रदेश सभा ‘क’ मा कुमारी मोक्तानले अग्रता लिनु भएको छ । जारी मतगणनामा कुल २९ हजार १० मतगणना हुँदा गठबन्धनकि उम्मेदवार माओवादीकि मोक्तानले १३ हजार ३० मत प्राप्त गगर्नु भएको छ । नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकालले भने १२ हजार ५ सय ४० मत प्राप्त गर्नु भएको छ । हिजो सम्म ढकाल अघि हुनु हुन्थ्यो, भने आज मोक्तानले अग्रता बढाउनु भएको छ । यस्तै राप्रपाका रामकुमार घले १ हजार ८०२ मतसहित तेस्रो स्थानमा हुनु हुन्छ । मत गणना जारी छ ।