हेटौंडा– हेटौंडामा सोमबार ९आज० थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार ७ जना महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार सङ्कलित ५७ जनाको स्वाब नमूना मध्ये १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आज सङ्क्रमण पुष्टि हुनेमा हेटौंडा–४ का ४ महिला र २ पुरुष, हेटौंडा–५ का एक महिला, हेटौंडा–८ का १ पुरुष, हेटौंडा–१० का २ पुरुष र हेटौंडा–११ का २ महिला र २ पुरुष रहेका छन् । यस्तै आज कोरोना संक्रमितको फलोअप परीक्षणमा २१ जनाको रिपोर्ट पुनः पोजेटिभ आएको छ । भदौ २१ गते गरिएको ३२ जनाको फलोअप परीक्षणमा २१ जनाको पोजेटिभ र ११ जनाको नेगेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो ।