हेटौंडाः हेटौंडामा शनिबारदेखि अत्याधुनिक सुविधा सम्पन्न डाइग्नोष्टिक सेन्टर संचालनमा आएको छ । हेटौंडा–१ स्वर्गद्वारी चोकमा ४ करोड ५० लाख रुपैयाँको लगानीमा अत्याधुनिक डाइग्नोष्टिक सेन्टर संचालनमा आएको हो ।
डाइग्नोष्टिक सेन्टरमा सिटीस्क्यान मेसिन र अल्ट्रा साउन्डलगायतका सेवा प्रदान गर्न सकिने बताईएको छ । डाइग्नोष्टिक सेन्टरको शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभएको छ । डाइग्नोष्टिक सेन्टर उद्घाटन गर्दे मेयर महतले सेवा भावका साथ काम गर्न आग्रह गर्नुभयो ।स्वास्थ्य क्षेत्रमा धेरै नै आउने गरेको भन्दै सेवा भावका साथ काम गर्न उहाँले सुझाव दिनुभएको छ ।

३ करोडको लागतमा सिटी स्क्यान मेसिन र १ करोडको लागतमा अल्ट्रा साउन्ड मेसिन खरिद गरिएको डाइग्नोष्टिक सेन्टरका संञ्चालक डाक्टर अशोक तायलले जानकारी दिनुभएको छ । उहाँले नाफा भन्दा पनि सेवा भावका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरिक्षक शेरबहादुर वस्नेत, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ, डाक्टर मिथलेश ठाकुर, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरनबहादुर जोसीलगायतकाको सहभागिता रहेको थियो ।