हेटौंडा – मकवानपुरमा बिहीबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२ जनामा गरिएको पिसीआर परिक्षणमा ३३ जना र ३४ जनामा गरिएको एन्टिजेन परिक्षणमा २ जना गरी थप ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपरले जनाएको छ । योसंगै हालसम्म जिल्लामा १४ हजार ६ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा हाल २ सय २९ जना सक्रिय सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसंगै जिल्लामा हालसम्म १४ हजार २ सय ३१ जना सङ्क्रमण मुक्त भएको कार्यालयले जनाएको छ ।