नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टी भएको छ । हैदरावादमा एक वेव सिरिजको छायांकनका क्रममा उनलाई कोरोना संक्रमण भएको हो । २ दिन अगाडि उनलाई कोरोनाको सामान्य लक्षण देखिएको थियो । यसपछि, उनले कोरोना टेष्ट गरेकी थिइन् । जसमा रिपोर्ट पोजिटिभ आएको हो । यसअघि उनको माता–पितामा पनि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण भएपछि तमन्नालाई बैंग्लुरुको एक प्राइभेट अस्पतालमा भर्ना गरिएको छ । कोरोना विशेषज्ञको टिम उनको उपचारमा संलग्न रहेको भारतीय मिडियाले बताएका छन् । साउथकी लोकप्रिय नायिका तमन्ना चलचित्र ‘सीटीमार’को छायांकनका लागि प्रतिक्षा गरिरहेकी थिइन् ।