हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गैर सरकारी संघ÷संस्थाहरुले कागजमा मात्र काम भएको देखाउने गरेको बताउनुुभएको छ । नारी सीप सृजना केन्द्र नेपालको २३ औं बार्षिक साधारण सभा, दशौ अधिबेशनका अवसरमा बोल्दै प्रमुख खुलालले गैर सरकारी संस्थाहरुले प्रत्यक्ष रुपमा उपलब्धी देखिने गरि काम गर्नुपर्ने बताउनुभएको हो ।
कागजमा मात्र काम भएको देखाएर दातृनिकाय र सरकारलाई ठग्ने काम बन्द गर्नुपर्ने उहाँले बताउनुभएको छ । उहाँले गैरसरकारी संघ÷संस्स्थाहरुले ईमान्दारीता पुर्वक राज्यको सहयोगिको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । समृद्ध नेपाल निर्माणकालागि सरकारको नितिमा रहेर काम गर्नुपर्ने उहाँको भनाई थियो । कतिपय गैरसरकारी संघ÷संस्थाहरुले सा¥है राम्रो काम गरेको भन्दै कतिपयले हैन सबैले राम्रो काम गर्नुपर्ने उहाँको भनाई थियो ।
अधिबेशनमा केन्द्रकी सचीव कल्पना बिश्वकर्माले संस्थाको प्रगति प्रतिबेदन, लेखा प्रमुख निवास गजुरेलले लेखा प्रतिबेदन तथा केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले संस्थाको बृत्तचित्र तथा आगामि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु सीता अधिकारी र शान्त न्यौपानेलाई सम्मान समेत गरिएको थियो । यसैगरी संस्थामा प्रशंसनीय काम गरे बापत संस्थाको लेखा प्रमुख निवास गजुरेल र कार्यालय सहयोगी अम्बिका सिग्देललाई नगद सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

नारी सीप सृजना केन्द्र नेपालकी अध्यक्ष उमा सुबेदिको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिबेशनले आगामी २ बर्षको लागि सरस्वति बर्तौलाको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सिता अधिकारी, सचिवमा कल्पना विश्वकर्मा, सहसचिवमा दुर्गा नेपाल, कोषाध्यक्षमा रेणु गुरुङ तथा सदस्यहरुमा सुन्तलीमाया चेपाङ र शर्मिला विक चयन हुनुभएको छ ।