मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले कविता प्रतियोगिता गर्ने भएको छ । मंगलबार आज बसेको फाउण्डेसनको बैठकले यहि भदौ ३० गते “आजको सन्दर्भमा मदन भण्डारीको बिचार” शीर्षकमा कविता प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
फाउण्डेसन मकवानपुरले हरेक महिना रचनात्मक कार्यक्रम गर्ने सन्दर्भमा भदौ महिनामा खुल्ला कविता प्रतियोगिता गर्न लागेको फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । अहिलेको सन्दर्भमा मदन भण्डारीको बिचारलाई आम नागरिक माझ पु¥याउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने फाउण्डेसनले विश्वास लिएको छ ।
साहित्य संगम मकवानपुरको व्यवस्थापनमा हुने प्रतियोगितामा विभिन्न १० वटा कविता छनौट गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि ३० जना कविहरुले कविता पठाउनु भएकोमा छनौट समितिले १० वटा उत्कृष्ट कविता छनौट गरेको फाउण्डेसनका उपाध्यक्ष आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले फाउण्डेसनको विधान अनुसार असोज मसान्तसम्म सदस्यता नविकरण गरिसक्नुपर्ने हुँदा सबै सदस्यहरुलाई सदस्यता नविकरणका लागि आव्हान गर्ने निर्णय गरेको अध्यक्ष खुलालले जानकारी दिनुभयो । यस्तै बैठकले हरेक वर्ष झै यस वर्ष पनि नेपालीहरुको माहान पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम असोज २७ गते आयोजना गर्ने गरि तयारी सुरु गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै आजको बैठकले नेकपा एमालेका उपाध्यक्ष तथा संसदिय दलका उपनेता एवम् संविधान सभा अध्यक्ष सुवाशचन्द्र नेम्वाङको असामयिक निधन प्रति हार्दिक श्रद्धञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन व्यक्त गर्ने निर्णय गरेको खुलालले जानकारी दिनुभयो ।









