file photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएकाे छ । आज अपरान्ह ५ बजे निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाउनु भएकाे हाे ।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक राख्नु भएकाे हाे । केन्द्रीय सदस्यसमेत रहनु भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज प्रहरीले पक्राउ गरेको थियो । खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता खाणसमेत मुछिनु भएकाे छ ।