भारतले दोस्रो टी–२० मा पाहुना टोली श्रीलङ्कालाई ७ विकेटले हराएको छ । गएराति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले हराउँदै घरेलु टोली भारतले तीन खेलको श्रृङ्खला एक खेल अगाडि नै जितेको छ ।
श्रीलङ्काले दिएको १ सय ८४ रनको लक्ष्य भारतले १७ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित ७४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रविन्द्र जडेजा ४५ रनमा अविजित रहे । श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । श्रीलङ्काका पाथुम निशान्काले ७५ रनको अर्धशतकीय पारी खेले । डसुन सनकाले अविजित ४७ रन जोडे । भारतका भुवनेश्वर कुमार, जस्प्रित बुमराह, हर्षल पटेल, युजभेन्द्र चाहल, रविन्द्र जडेजाले एक/एक विकेट लिए । पहिलो खेलमा भारत ६२ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० आज हुनेछ ।