प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि उम्कन नपाओस् भनेर निर्देशन दिएको बताउनु भएकाे छ । शीर्ष नेताको बैठकबाट बाहिरिनेक्रममा प्रधानमन्त्री प्रचण्डले दोषी कोही पनि उम्कन नपाओस् भनेर निर्देशन भएको बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नपाओस् भन्ने विषयमा शीर्ष नेताहरूको तहमा समझदारी भएको छ । मैले दोषी कोही पनि नउम्कियोस् भनेर निर्देशन दिएको छु ।’
प्रधानमन्त्री प्रचण्डले प्रहरीको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमति भएको पनि बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘हामीले स्पष्ट भाषामा भनेका छौँ । दोषी नछुटुन् र निर्दोष नपरून् । प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’











