निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले आउँदो २६ र २७ गते काठमाडौँको कमलादीमा १६ औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको हो ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिए । उनले सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पनि सहभागी हुने बताए ।