पूर्वगृहमन्त्री बालकृष्ण खाँणको छिट्टै नै प्रारम्भिक बयान लिने तयारी गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणको आज/भोलि नै बयान लिने तयारी भएको हो ।
जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राखी अनुसन्धान गर्ने अनुमति दिएसँगै खाँणको छिट्टै बयान लिने तयारी गरिएको जनाइएको छ । खाँणलाई मङ्गलवार बिहानै जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको थियो । जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।