मकवानपुर । आसन्न निर्वाचनमा मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले विकास र परिवर्तन हेर्न बागमती गाउँपालिका आउनुपर्ने बताएका छन् । लोकतान्त्रिक–बाम गठबन्धनमा नेकपा माओवादी केन्द्रका तर्फबा उम्मेदवार रहेका छिन्तुले बागमती गाउँपालिकाकाे चुनावी सभामा बागमती गाउँपालिकामा नमुना विकास भएको बताए ।
पुलामीले पालिकाको विकासमा प्रदेश सरकार र स्थानीय सरकारले बागमती गाउँपालिकाको मुहार फेरेको उनले दावी गरे ।नेपाली राजनीतिमा गर्विलो ईतिहास भएको बागमती गाउँपालिकाको इतिहास कायम गर्न आम नागरिकलाई उनले अपिल समेत गरेका छन् । ‘हिजो व्यवस्था बदल्न गठबन्धन गर्याैं अब अवस्था बदल्नु छ‘ पुलामीले भने ‘जनतासङ्ग गरेको वाचा पूरा गर्नै पर्छ ।’ बताउनुभयो । बागमतीको विकास अझै बाँकी रहेको बताउदै पुलामीले स्थानीय जनताको आवश्यकता र मागको आधारमा विकासका योजना ल्याईने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफ्नाे गृह गाउँ भएकाे नाताले उनले भने ‘मलाई आफ्नो परिवारको सदस्य मान्नुस्, यहाँकाे जनताको हरेक सुखदुःखमा आफू सधै सङ्गै रहने छु ।’ नेकपा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष समेत रहनु भएका उम्मेदवार पुलामीले प्रतिगमन ढाल्नको निम्ति गठबन्धनको आवश्यकता भएको बताए । उनले हिजो राजतन्त्र ढाल्न र आज प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरिएको बताए ।