हेटौंडा। हेटौंडामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा घरको छतबाट खसेर घाइते भएका चितवन जिल्ला स्थित कालिका नगरपालिका–६ खोलेशिमल बस्ने ६० वर्षीय गोबिन्द अधिकारीको मृत्यु भएको हो ।
हेटौंडा ५ स्थित सानोपोखराका हरी लामीछानेको घरमा केही दिन देखि बस्दै आएका अधिकारी आज बिहान साेहि घरकाे तिन तला माथी छतमा गई बसीरहेको अबस्थामा अचानक खस्न गइ घाईते भएका थिए । उनकाे उपचारको क्रममा नयाँ मेडिकल कलेज चितवनमा दिउँसाे मृत्युु भएको प्रहरीले जनाएकाे छ । छतबाट खसेर घाइते भएपछी उपचारका लागि भरतपुरमा लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनुभयाे ।