हिजो र अस्ति लगातार घटेको सुनको मुल्य आज भने एक सय रुपैयाँले बढेको छ । तोलामा आज सुन ९८ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।