मकवानपुर– मकवानपुरमा बुधबार राति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गएराती मकवानपुरको पुर्वी बकैया गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । चट्याङ लागेर अर्का एक जना घाईते भएका छन् ।
चट्याङ लागेर बकैया गाउँपालिका–२, कालापानीका स्थानीय बुद्ध घिसिङकी छोरी १७ बर्षीया सम्झना घिसिङ र आशालाल घिसिङकी श्रीमती २५ बर्षीया बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै चट्याङ लागेर सोहि स्थानका पुर्णबहादुर जिम्वाको छोरा १४ बर्षीय किरण जिम्वा घाइते भएको र उनको दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उनिहरु आ–आफ्नो घरमा बसिरहेको अवस्थामा बर्षासंगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमै र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।