प्रतीकात्मक तस्बिर

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । शनिवार हिजो भिरबाट लडेर मकवानपुरको बागमति गाउँपालिका वडा–३ कुटिभकारी बस्ने मान बहादुर थोकरको छोरी अन्दाजी १८ वर्षया रेखा माया थोकरको ज्यान गएको हो ।
आफ्नै घरदेखि अन्दाजी करिब ५०० मिटर पुर्वमा रहेको कुटीभकारी भिरबाट खसेर थोकरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।