हेटाैंडा– आज (जुन ५) अर्थात विश्व वातावरण दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईदै छ । दिवसको अवसर पारी हेटौंडा लेडि जेसिजले पनि हेटौंडा ८ कमाने स्थित निर्माणाधिन लोकतान्त्रिक एतिहासिक पार्कमा वृक्षरोपण गरेको छ । दिवसको अवसरमा लेडि जेसिजले “One plant for my life” भन्दै निर्माणाधिन ऐतिहासिक लोकतान्त्रिक पार्कमा विभिन्न फल फुलका बिरुवा वृक्षारोपण गरिएको हो।

May be an image of 8 people, people standing and outdoors

लेडि जेसिजले एभोकार्ड़ो, अमला, तेजपत्ता, इमिली, हर्रो, बर्रो, चन्दन, बेल, सर्पगन्धा, आँप, कटहर, स्वामि, धुपीलगाएतका १०५ वटा बिरुवा रोपेको छ । ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा र जेसि रन्जिता बिस्टको संयोजकत्वमा भएको कार्यक्रममा शाखा अध्यक्ष जेसी प्रतिमा श्रेष्ठ, पूर्वअध्यक्ष जेसी रश्मि बस्नेत, टोल बिकासका अध्यक्ष, आमा समूह, वडाका टोल समन्वय र जेसिज पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

May be an image of one or more people, people standing, tree and grass
May be an image of 2 people, people standing, tree and grass
May be an image of one or more people, people standing and outdoors