हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–९ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । आइतबार ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–९, मास्टरचोकस्थित एक घरमा डेरा गरी बस्ने २५ वर्षीय विशाल बिकको कोठामा सुरक्षाजाँच गर्ने क्रममा विभिन्न प्रकारका लागुऔषधसहित ६ जनालाई पक्राउ गरेकाे हाे ।
प्रहरीले निट्रजिपाम ९७ ट्याब्लेट, नेमाडोल १४८ क्यापसुल, स्टागान १६ ट्याब्लेट, सिओना टु १२ ट्याब्लेट र लागुऔषध गाँजा १६ ग्राम बरामद गरेकाे हाे । लागुऔषधसहित सुनसरी जिल्ला घर भई हाल हेटौंडा–९, मास्टरचोक बस्ने २५ वर्षीय विशाल बिकसहित हेटौंडा–९ का २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापामगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौंडा–१० का १८ वर्षीय सुमित कुमार बानियाँलार्ई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।