हेटौंडा– हेटौंडामा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । हेटौंडा–११, स्थित युग प्रकाश क्लवद्वारा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् ।
कोरोना महामारीका बेला रगतको अभाव नहोस भन्ने उद्ेश्यका साथ क्लबले रक्त संचार केन्द्र हेटौंडाको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुलीले ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।