मकवानपुर– मकवानपुर प्रहरीले अति दुर्लभ वन्यजन्तु सालकको खपडा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१० स्थित बसपार्कबाट २ किलो १९० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा सहित उनिहरुलाई पक्राउ गरेको हो ।
बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरिक्षक नविन बिक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले हेटौडा–१० बसपार्कमा सालकको खपडा बिक्री बितरणको लागी बार्गेनिङ भईरहेको अवस्थामा सोमबार हेटौडा–१ बस्ने ३० वर्षिय गौरव गौतम, सोहि स्थानका ३१ व्र्षिय कृष्ण बहादुर गोले र वडा नम्बर ११ बस्ने ४८ वर्षिय सुर्य लामालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आवस्यक कारवाहिको लागी डिभिजन वन कार्यालय हेटौडा पठाईएको प्रहरीले जनाएको छ । उनिहरुलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम ५ लाख देखी १० लाख सम्म जरीवाना वा ५ बर्ष देखी १५ बर्ष सम्म कैद वा दुबै सजाय हुने प्रहरीले जनाएको छ । सालक आति संरक्षीत वन्यजन्तु हो ।