काठमाडौं, साउन १० । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामापत्र बुझाएका हुन् । यही साउन १२ गतेदेखि लागू हुनेगरी लिखित राजीनामा बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पूर्वअर्थसचिवसमेत रहेका सुवेदी गएको वर्षको चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए ।