मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरि घिमिरेले आर्थिक वर्ष २०७९÷०८० मा सम्पादन गरेको काम कारबाहीहरु समेटेर तयार गरिएको आयोगको ३३औं प्रतिवेदन–२०८०, प्रदेश प्रमुख शर्मा समक्ष पेश गर्नुभएको हो ।
संविधानको धारा २९४ को उपधारा(३) बमोजिम प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष प्रतिवेदन पेश गरिएको हो । प्रतिवेदन पेश गर्ने कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अख्तियारले शुसासन कायम गर्न धेरै काम गरेको भन्दै थप सकृयता र दक्षताका साथ काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा आयोगका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयबस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो । उहाँले पेश गर्नुभएको प्रतिवेदनमा ६ परिच्छेद र ४ सय ७४ पृष्ठ रहेको छ । आयोगले बागमती प्रदेश अन्तर्गतका ८ जिल्ला र मधेश प्रदेशका ३ वटा गरी ११ वटा जिल्लाहरुमा निरोधात्मक, प्रर्वद्र्धनात्मक र संस्थागत क्षमता विकाससम्बन्धी कार्यहरुका साथै दर्ता भएका उजुरी उपर अनुसन्धान र अभियोजनसम्बन्धी कार्यहरु गर्दै आएको छ ।