मकवानपुर – मकवानपुर प्रहरीले १५० किबी सालको चिरान गरिएको अबैध सालको काठसहित टिपर बरामद गरेको छ । प्रहरीले जिल्लाको बागमती गाउँपालिका–४ झुरझुरेबाट टिपरमा लोड गरेको अवस्थामा अबैध सालका चिरान काठ बरामद गरेको हो ।
धरान चतरा सडकखण्ड अन्र्तगत बागमती गाउँपालिका–४ झुरझुरे बजार स्थित सडकमा बा ३ ख ६९५१ नम्बरको टिपरमा लोड गरी त्रिपालले छोपेर राखेको अवस्थामा १ सय ५० दशमलब ३३ क्यूफिट सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । स्थानीयले प्रहरीलाई खवरगरेपछी काठ र टिपर नियन्त्रणमा लिइएको थियो । टिपरका चालक र काठ लोड अनलोड गर्नेहरु भने फरार रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलिले टिपर सहित बेवारिसे अवस्थामा सालको चिरान काठ बरामद गरेको उहाँले बताउनुभयो । चौकस, झ्याल, ढोकामा खाँच काटेको, चिरान र फण्टा लगायतका बरामद गरीएको उक्त सालकोे काठ र टिपरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता रिमालले बताउनुभयो ।