मकवानपुर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलाश गाउपालिका वडा नम्बर ७ र ८ वडा कमिटीको सयुक्त सपथग्रहण कार्यक्रम आईतबार सम्पन्न भएको छ । कैलाश गाउँपालिकाको भार्तामा एक कार्यक्रमकाबिच वडा नम्बर ७ र ८ नम्बर वडा कमिटिका २९—२९ जना सदस्यहरुले सपथ लिएका हुन् । उनिहरुलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला सह—ईन्चार्ज कुमारी मुक्तानले सामुहिक रुपमा सपथ गराउनु भएको हो ।

शपथ ग्रहण कार्यक्रममा वडा कमिटीका सदस्यहरुले जनताको जनमतलाई कदर गर्दै वडा कमिटीले नेकपा पार्र्टीलाई एकढिक्का बनाएर जनताको चाहाना अनुसार अघाडि बढ्ने र पार्टीको विधि, विधान अनुसार पार्टीलाई आगामी दिनहरुमा थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कैलाश गाउँपालिका अध्यक्ष बुद्धि बहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिवालय सदस्य बालकुमार मल्ल, जिल्ला सदस्यहरु बच्चु ढुंगाना, नरेन्द्र रिजाल, कैलाश गाउँपालिका अध्यक्ष टंक मोत्तानलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।