काठमाडौँ – आठौ एल.आर.आइ. विद्यालय फुटसल तथा बास्केटबल प्रतियोगिता आज बाट सुरु भएको छ । विद्यालय स्तरीय प्रतियोगितको आइतबार ‘एलआरआईको खेल मैदानमा काठमाण्डौं महानगरपालिका शिक्षा विभाग प्रमुख निर्मला केसीले उदघाटन गर्नुभएको हो ।
विभाग प्रमुख केसीले विद्यालयले विभिन्न गतिविधिमार्फत शैक्षिक विकासका साथै विद्यार्थीहरुको शारिरीक तथा मानसिक विकासका लागि यस्तो प्रतियोगिताले सकारात्मक प्रेरणा मिल्ने बताउनुभयो । विद्यालयका संस्थापक गुठीयार शिवराज पन्तले विद्यार्थीहरुलाई अन्तरराष्ट्रिय तहको शिक्षाकासाथै व्यवसायिक, सिपयुक्त , जीवनपयोगी बनाउन अन्तराष्ट्रिय स्तरमा चिनाउन विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताउनुभयो ।
विद्यालयका प्राचार्य डा देवकान्त जोशीले विद्यार्थीलाई पाठ्यक्रमकासाथै अतिरिक्त क्रियाकलाप, नृत्य, सङ्गित, खेलकुदजस्ता विषयमा समेत प्रशिक्षण दिदै आएको जानकारी गराउनुभयो । आज भएको उदघाटन खेलमा बास्केटबलको छात्रातर्फ एलआरआइले ग्यालेक्सी पब्लीक स्कुललाई २३–१०को अन्तरले पराजित गरेको छ । त्यसैगरि अर्को खेलमा ज्ञानोदय बालबाटीकाले गेट वे स्कुललाई २३–२ को अन्तरले पराजित गरेको छ ।
यसैगरि एक्सेलसियरले ज्ञानोदयलाई ३६–१५को अन्तरले पराजित गरको छ । यसैगरि छात्रतर्फको खेलमा रेडियण्ट स्कुलले एलआरआइलाई ५१–४० ले पाखा लगाएको छ भने अर्को खेलमा ओशिस स्कुलले गेट वेलाई ४० –२४ले पराजित गरेको छ । आज भएको पहिलो दिनको खेलमा ज्ञानोदय स्कुलका अनिता गुरुङले सर्वाधिक स्कोर गर्न सफल भएकि थिइन । प्रतियोगिता कात्तिक ३० गतेसम्म जारी रहने छ ।