हेटाैँडा, फागुन ३ । नेकपा एमाले मकवानपुर निर्वाचन परिचालनकाे सचिवालय बैठक सम्पन्न भएकाे छ । बैठकले मकवानपुर जिल्लाकाे दुवै क्षेत्रमा पार्टीकाे दुवै उम्मेद्वारकाे जीत सुनिश्चित रहेकाे निष्कर्ष निकालेकाे छ । विगत निर्वाचनमा पार्टीकाे उम्मेद्वारले प्राप्त गरेकाे मतलाई सुरक्षित गर्न र फरक चुनाैतीलाइ सामना गर्न सबै नेता र कार्यकर्ता चनाखाे हुनपर्ने र प्रचार कार्यलाई थप प्रभावकारी बनाईनु पर्ने निर्णय गरिएकाे निर्वाचन परिचालनका प्रचार प्रमुख नवीन सिग्देलले बताउनु भयाे ।
उम्मेद्वारहरू कार्यकर्ता र मतदाता समक्ष पुग्दा अत्यन्तै उत्साहप्रद रहेकाे र यसअघि सञ्चालित उम्मेद्वारसंग अगुवा कार्यकर्ता भेला १ सय दुई वडामा सम्पन्न भएकाे, निर्वाचन सम्पर्क कार्यलय वडा तहसम्म खाेलेकाे, पार्टी र जनसंगठनमा निर्वाचन परिचालन कमिटीहरू निर्माण भएकाे निर्वाचन परिचालन कमिटीका सचिव हिदम लामाले जानकारी दिनुभयाे । बैठकमा निर्वाचन परिचालन मतदातासंगकाे जनसम्वाद, प्रचार प्रसार, स्वयम् सेवक परिचालन, आर्थिक व्यवस्थापन र घाेषणा पत्र निर्माणबारे छलफल भएकाे छ ।
बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा १ नं. क्षेत्र निर्वाचन परिचालन संयाेजक एकालाल श्रेष्ठ, २ नं. क्षेत्र निर्वाचन परिचालन सह्संयाेजक राजाराम स्याङ्तान, केन्द्रीय लेखा आयाेगका सदस्य तथा निर्वाचन प्रचार प्रसार संयाेजक नवीन सिग्देल, प्रतिबद्वता पत्र तयार समिति संयाेजक अनन्तप्रसाद पाैडेल, आर्थिक व्यवस्थापन समिति संयाेजक गाेपाल श्रेष्ठलगायतले बैठकमा समिक्षात्मक रिपाेर्टिङ्ग गर्नुभएकाे थियाे । केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन परिचालन समितिकाे संयाेजक रामेश्वर रानाकाे अध्यक्षतामा बसेकाे बैठकमा निर्वाचन परिचालन समितिका अनुगमन समितिका संयाेजक डाेरमणि पाैडेलले पार्टीले पार्टीप्रति विपक्षीले फैलाएकाे सबै भ्रमलाई मतदाताकाे बीच चिर्दै राष्ट्रिय रूपमा लाेकतन्त्र स्थापना गर्न खेलेकाे याेगदान, संविधान जारी गर्न र मुलुकमा शान्ति स्थापना, मुलुकमा विकास र समृद्विकाे लागि खेलेकाे भूमिकाबारे जनतामा प्रभावकारी रूपमा लैजान सबै नेता र कार्यकर्ता एकजुट भएर लाग्न निर्देशनात्मक मन्तव्य राख्नुभयाे ।
Home उपनिर्वाचन एमाले मकवानपुर निर्वाचन परिचालन समितिकाे बैठक: प्रचार प्रभावकारी बनाईने, दुवै क्षेत्र जित्ने...











