नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ । दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो ।