मकवानपुर– मकवानपुरकाे इन्द्रसराेवर गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम सार्बजनीक गरेकाे छ । बुधबार भएकाे साताैं गाउँसमाभा अध्यक्ष जीवन लामाले स्वास्थ, शिक्षा, कृषि, पशु र रोजगारमा केन्द्रित नीति तथा कार्यक्रम सार्बजनीक गर्नुभएकाे हाे ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बिशेष गरि ६० वर्षा उमेर पुगेका बृद्ध बृद्धा, एकल महिला, अपाङ्ग, अल्पसंख्यक, दलित समुदायकाे निशुलक स्वास्थ्य बीमा जस्ता कार्यत्रफम ल्याउकाे छ । भने कृषि क्षाेत्रमा विभिन्न अनुदानका साथै स्वराेजगार सम्बनधी कार्यक्रमहरू ल्याएकाे उपाध्यक्ष उमा कुमारी लामाले जानकारी दिनुभयाे । आगामी आर्थिक वर्षकाे बजेट भने नीति तथा कार्यक्रमलाइ कार्यान्वयन हुने गरि २/४ दिन भित्रमा सार्बजनीक हुने उहाँले जानकारी दिनुभयाे ।