हेटौंडा – नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको १४ औं अधिवेशनले विश्वराज राईको नेतृत्वमा नया कमिटी चयन गठन गरेको छ । आज भएको अधिवेशनले राईको अध्यक्षतामा ३६ सदस्यीय वडा कमिटी गठन गरेको हाे ।

No description available.

कमिटीको उपाध्यक्षमा प्रमेश पराजुली, सचिव श्यामप्रसाद भट्टराई र सहसचिवमा मनोज चौलागाईं र हरिमाया तिमल्सिना रहेका छन् । यस्तै नगर प्रतिनिधिहरुमा लक्ष्मण सापकोटा, हिमाल पौडेल, पुष्पराज पराजुली, विश्वराज राई, भिम तिमल्सिना, लेखराज ढकाल, सहदेव गौतम, बिष्णु बास्तोला, समावेशी तर्फ कमलकुमार विश्वकर्मा र अम्बिका बिश्वकर्मा, महिलातर्फबाट कल्पना पराजुली, नानीमाया रुम्बा, शोभा ढुंगाना र प्रीमा ढुंगाना छनौट भएका छन । यसैगरी हेटौंडा–१७ मा लक्ष्मण खुलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।