काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतकाे आर्थिक वृद्धि हुने लक्ष्य राखेकाे छ । आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट कार्यक्रम प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पाैडेलले सरकाले ६ दशमलव ५ प्रतिशत हाराहारीकाे आर्थिक वृद्धि हुने लक्ष्य राखेकाे बताउनुभएकाे हाे ।
सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड–१९ विरुद्ध खोपको व्यवस्थाबाट परिस्थिति सामान्यीकरणतर्फ उन्मुख भइ आर्थिक गतिविधि लयमा फर्किने विश्वासको आधारमा आउँदाे वर्ष ६ दशमलव ५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको हाे । त्यसैगरी मुद्रास्फीति ६ दशमलव ५ प्रतिशतमा सीमित राखिने बजेटमा जनाइएको छ ।