मकवानपुर – सरकारले मकवानपुरको छतिवनमा तरकारी औद्योगिक बजार व्यवस्थापन केन्द्र निर्माण गर्ने भएको छ । सरकारले आज सार्वजनीक गरेको बजेट वक्तव्यमा आगामी आर्थिक वर्षमा मकवानपुरको छतिवनमा औद्योगिक कृषि बजार व्यवस्थापन केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ मा सबै प्रदेशमा भण्डारण सुविधा सहितको कृषि उपज प्रसोधन केन्द्र र औद्योगिक कृषि बजार स्थापना गरिने जानकारी दिनुभयो । उहाँले ईलाममा अलैँची, मकवानपुरको छतिवनमा तरकारी, सल्यानमा अदुवा तथा जुम्लामा स्याउ लक्षित औद्योगिक कृषि बजार स्थापनाको सम्भाव्यता अध्ययन पुरा गरी निर्माण कार्य शुरु गरिने बताउनुभयो ।