हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । ट्याक्टर दुर्घटना हुँदा मकवानपुरको बागमती–५ बगेरी बस्ने अन्दाजी २७ वर्षीय सत्यमान घिसिङकाे घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराती धरान, चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको बागबती प्रदेश ०३–००१ त ३४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।