मकवानपुर । हेटौंडा–११, स्थित सहदि स्मारक विकास समितिले यो वर्षको श्रीचन्द्र शर्मा स्मृति सम्मानबाट हरिशरण अर्याल र सोम बहादुर लामालाई सम्मानीत गरेको छ । मकवानपुर जिल्लामा रहि विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरु मध्ये हरेक वर्ष प्रदान गर्दै उक्त पुरस्कार यो वर्ष अर्याल र लामालाई संयुक्त रुपमा प्रदान गरिएको हो ।
सहिद दिवशको अवसरमा मंगलबार २५ हजार राशीको उक्त पुरस्कार दुबैजनालाई संयुक्त रुपमा प्रदान गरिएको थियो । हेटौंडामा गत माघ १० गते देखि सप्ताहव्यापी रुपमा मनाएको सहिद सप्ताहको आज अन्तिम समापन कार्यक्रमका अवसरमा उहाँहरुलाई स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुभयो ।