मकवानपुर – मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी विजयी हुनु भएको छ । उहाँ ३ हजार ७२२ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विश्व लाल लामाले ३ हजार ४ सय ७२ प्राप्त गर्नुभयो । यस्तै निर्वतमान गाउँपालिका अध्यक्ष नेकपा समाजवादीका जीवन लामाले ४ सय ७९ मत प्राप्त गर्नुभयो ।
यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा कुमारी लामाले ३ हजार ७२५ मतसहित विजयी हुनु भएको छ । उपाध्यक्षमा उहाँको प्रतिद्धन्दी नेपाली कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत प्राप्त गर्नुभएको । ५ वटा वडा रहेको गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसका शुवास थापा मगर (७५३), वडा नम्बर २ मा नेपाली कांग्रेसका सुमन श्रेष्ठ (११२०), वडा नम्बर ३ मा नेकपा एमालेका प्रताप भोम्जन (११७६), वडा नम्बर ४ मा नेकपा एमालेका चन्द्र कुमार बल (८०५) र वडा नम्बर ५ मा नेपाली कांग्रेसका दुत राज तितुङ (८१७) मत सहित अध्यक्षमा विजयी हुनुभएको छ ।











