मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी हुनु भएको छ । लामा मत ५ हजार ५९१ प्राप्त गरि दोस्रो पटक गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी गठवन्धन तर्फबाट माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले ५ हजर २०९ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा एमालेकी निवर्तमान उपाध्यक्ष पार्वती रानाले ५ हजार २९९ प्राप्त गर्नुभयो ।
यसैगरी भीमफेदीको वडा नम्बर १ को वडा अध्यक्षमा काग्रेस, २ को वडा अध्यक्षमा एमाले, ३ को वडा अध्यक्षमा माओवादी, ४ को अध्यक्षमा एमाले, ५ को वडा एमाले, ६ को वडा अध्यक्षमा काग्रेस, ७ को वडा अध्यक्षमा काग्रेस, ८ को वडा अध्यक्षमा एमाले र ९ को अध्यक्षमा एमाले विजयी भएका छन ।