मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ रघुनाथ खुलालले स्थानीयतहहरूमा भएका कामहरुको व्यवस्थित अभिलेखिकणमा ध्यान दिन सुझाव दिनुभएको छ । बुधबार जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकको अनुगमन तथा समिक्षाका क्रममा उहाँले गाउँपालिकामा भएका कामहरुको व्यवस्थित अभिलेखिकण गर्न सुझाव दिनुभयो ।

प्रमुख खुलालले स्थानीय तहहरुमा थुप्रै कामहरु भएका छन्, तर, ती कामहरुको अभिलेखिकरण र सार्वजनीकिकरण नहुूँदा भोली के गरेँ भन्ने कुरा भन्न नसकिने अवस्था आउने हुँदा समयकै त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । हिजोका दिनमा स्थानीय तहहरुमा कर्मचारु िअभावका कारण पनि अभिलेखिकरण गर्न नसकिएको भए पनि अब त्यस्तो अवस्था नरहेको भन्दै सबै कामको व्यवस्थित अभिलेख राख्न सुझाव दिनुभयो ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले प्रष्ट र व्यवस्थित अभिलेखिकरणसंगै कार्यालय व्यवस्थापनमा समेत स्थानीय तहहरुले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलले पहिलो चौमासिकमा योजना तयारीको अवस्था, अघिल्लो आर्थिक वर्षमा योजना सम्पन्न गर्दा आइपरेका नितिगत र कानुनी प्रकृया र समस्याका बारेमा जानकारी लिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जीवन लामाले काम गर्दा नजानीकन नै कमी कमजोरीहरु हुने हुँदा जिससबाट गरिने अनुगमले सुधार गर्ने अवसर मिल्ने हुँदा समय समयमा अनुगमन गर्न आग्रह गर्नुभयो । केहि कमी कमजोरी भएका भए पनि सुधारका लागि अनुगमनले टेवा पुग्ने उहाँको भनाई थियो । उहाँले गाउँपालिकामा प्रकृया बाहिर गएर कुनै पनि कामहरु नभएको भन्दै केहि कमि कमजोरी भएकाम सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा पहिलो चौमासिकमा गर्नुपर्ने कामहरु (योजना सम्झौता, उपभोक्ता समिति गठान) लगायतका काम सम्पन्न भएको जानकारी दिईएको थियो । गाउँपालिमाले चालु आर्थिक वर्षमा कुल ४३ करोड ४७ लाख ८२ हजार बराबरको बजेट पारित गरेको मध्ये हालसम्म करीब ८ प्रतिशत खर्च भईसकेको प्रमुख प्रशासकिय अधिकृत किरण नीधि तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा, जिल्ला समन्वय सदस्य देवराज रिमाल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायत गाउँपलिकाका कर्मचारीहरुको सहभागिता थियो ।