मकवानपुर– मकवानपुरकाे मनहरी गाउँपालिका स्थित मदन भण्डारी स्पोर्टस एकेडेमीले आगामी भदौ २० गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ५८ औं रेडक्रस स्थापना दिवशको अवसर पारेर स्पोर्टस एकेडेमीले बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।
कोरोना भाईरस रोग (कोभिड–१९) को कारणले लकडाउनको अवधिमा भएको रक्त अभावलाई न्युनिकरण गर्न एकेडेमीले ५८ औं रेडक्रस स्थापना दिवशको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको एकेडेमीका अध्यक्ष पुकार सुवेदीले जानकारी दिनुभयो । आगामी भदौ २० गते बिहान ७ बजेबाट मनहरी–७ स्थित मनकामना मन्दिर परिषरमा रक्तदान कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । साथै उहाँले कार्यक्रममा सहभागि हुन आउँदा पुर्ण सावधानीका साथ मास्क लगाएर आउन अनुरोध गर्नुभएको छ । अध्यक्ष सुवेदीले अहिले देशैभरी रगतको अभाव भएको हुनाले सबैलाई रक्तदान गर्न आग्रह गर्नुभयो ।