मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कृषि नीति बनाउँदा किशानका आवश्यक्तालाई ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रादेशिक कृषि विकास रणनीति सम्बन्धी बुधबार हेटौंडामा आयोजित जिल्लास्तरीय अन्तरकृया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख खुलालले प्रादेशिक रणनीति बनाउँदा क्षेत्र निर्धारण गरेर किशानका समस्या समाधान हुने र कार्यान्वयन गर्न सकिने योजना बनाउन सुझाव दिनुभयो । उहाँले रणनीति योजना बनाउँदा कृषकका आवश्यकक्तालाई ध्यानमा राखेर स्थानीय कुरालाई प्राथिमिकिकरण गर्नुपर्ने बताउनुभयाे । कृषि क्षेत्रमा रहेका कानुनीलगायत विभन्न समस्या समाधान हुने साथै कृषिकको प्रत्यक्ष सरोकार हुने तथा स्थानीय स्तरमा कार्यान्वयन गर्न सकिने खालको योजना बन्नुपर्नेमा उहाँको जाेड थियो ।

बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रादेशिक कृषि विकास रणनीति तर्जुमा प्रकृयालाई सहभागितामूलक बनाई सम्बन्धीत सरोकारवालाहरुको अपनत्व तथा आवश्यक समन्वय कायम गर्नुका साथै प्रादेशिक कृषि विकास रणनीति तर्जुमा प्रकृया र यसको ढाँचा, जिल्लाका विभिन्न पालिकाहरुमा प्राथमिक्ता भएका बाली बस्तुहरुको पहिचान र विश्लेषण, जिल्लाका विभिन्न पालिकाहरुमा कृषि तथा पशुपंक्षी क्षेत्रको सम्भमवना र सबल पक्षहरुका साथै कमजोरी र सुधार गर्नुपर्ने पक्षहरुको बिश्लेषण साथै प्रादेशिक कृषि विकास रणनीतिमा समावेश गर्नुपर्ने सुझाव समेत संकलन गर्ने उदेश्यका साथ उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रादेशिक कृषि विकास रणनीतिका बारेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाका प्रमुख राजन ढकाल, र प्रादेशिक कृषि विकास रणनीति र कृषि विकास रणनीतिका बारेमा डा रामचन्द्र बास्ताकोटी र गणेश कुमार श्रेष्ठले प्रस्तुति गर्नुभएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डे, मकवानपुरका स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा कृषि विकास शाखाका प्रतिनिधिलगायत प्रदेशका कृषि विकास निर्देशनालय, मत्स्य विकास निर्देशनालय, कृषि ज्ञानकेन्द्रका प्रमुख एवम् प्रतिनिधि तथा विभिन्न सरमेकारवालाहरुको सहभागिता थियो ।