संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएका छौं–सभामुख सानु कुमार श्रेठ
हेटौंडा । बागमी प्रदेशसभा सचिवालयमा आज संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले यहाँको संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको वताउनु भएको छ । यसअघि संसदमा भएका कमजोरीहरु व्यक्तिको रहेको वताउँदै उहाँले भन्नुभयो–‘पहिले भएका कमजोरीहरु सुधार गर्दै जाने छौं । यस्ता कमजोरी कसैबाट भएको भए व्यक्तिले गरेका हुन् । सिङ्गो संस्थाले कमजोरी गरेको होइन ।’
बागमती प्रदेशसभामा पक्षपातको कुनै काम नभएको उहाँले वताउनुभयो । सबैलाई समान व्यवहारले काम गरिएको उहाँको भनाई छ । प्रदेशसभामा हिजोका दिनहरुमा भन्दा धेरै सुधारका कामहरु भइरहेको वताउँदै सभामुख श्रेष्ठले भन्नुभयो–‘केही टेक्नीकल समस्या र भवनका कारण समस्या परेको हुनसक्छ अब यसलाई सच्याउँदै अगाडी बढ्ने छौं’
प्रदेशसभाबाट पास भएका ऐनहरु कार्यान्यनमा गएको र केही ऐनहरु आवस्यक्ता अनुसार संसोधन भएको उहाँले वताउनुभयो । प्रदेशसभामा बजेट पास गराउने बेलामा भन्दा बाहेक अरु बेलामा दलहरुबिचमा समन्वयबाट नै विधयकहरु पास भएको जानकारी गराउनुभयो । प्रदेशसभामा संस्थागत संरचना नहुँदा केही समस्या परेपनि नागरिकको पहुँमा भने रहेको वताउनुभयो । पत्रकारले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा बोल्दै उहाँले टेक्नीकल मेनपाओर नहुँदा समस्या बढेको वताउनुभयो ।
कार्यक्रममा प्रदेशसभाका निमित्त सचिब बिनोद अमात्यले प्रदेशसभाले हाल सम्म गरेका कानूनका विषयमा जानकारी गराउनु भएको थियो । हाल सम्म प्रदेशसभाबाट ६२ वटा एनहरु परित संसोधनसहित गरेर पारित भएको अमात्यले जानकारी दिनुभयो । प्रदेशमा ८२ वटा कानून निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाकी ऐन ४५ वटा रहेका छन् ।
कार्यक्रममा भर्चुअल विधि मार्फत सार्वजनिक लेखा समितिका सभापति न्युछेनारायण श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति माधब पौडेल सहभागि हुनु भएको थियो । त्यसैगरी प्रदेशसभाका बिभिन्न समितिका सचिबहरुको सहभागिता रहेको थियो । पत्रकारहरुसंगको अन्तरक्रियामा नागरिक दैनिकका बरिष्ठ संबाददाता इस्वरी सुवेदीले संसदमा खुलापन र हाम्रो अभ्यासका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
प्रदेशसभामा खुलापनलाई ध्यान दिइएन–पत्रकार
बागमती प्रदेशसभामा खुलापनलाई ध्यान नदिएको मकवानपुरका संचारकर्मीहरुले आरोप लगाएका छन् । कार्यक्रममा आफ्ना धारणा राख्दै बागमती प्रदेश पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ठले प्रदेशसभामा खुलापनको सबैलाई महसुस हुन दिनुपर्ने वताउनु भएको छ ।
सभामुखको समन्वयकारी भूमिका हुँदा हुँदै पनि खुलापन हुन समस्या भएको वताउँदै उहाँले भन्नुभयो–‘प्रदेशसभा भित्र मिडियालाई सहज रुपमा रिपोटिङ गर्ने व्यवस्था मिलाउन जरुरी छ । समितिका बैठकमा पत्रकारलाई बोलाउने चलन छैन । यसमा पनि बोलाएर राख्न मेरो सुझाब छ ।’
कार्यक्रममा बागमती प्रदेश पत्रकार महासंघका उपाध्यक्ष रुपेश दुलालले प्रदेशसभामा विगतका तुलनामा अहिले सहज भएको वताउनुभयो । संसदलाई अहिलेको भन्दा पनि अझै खुलापन बनाउनै पर्ने वताउनुभयो । प्रदेशसभाको सेकुरेटीका कारण प्रदेशसभामा खुलापन हुन नसकेको उहाँले वताउनुभयो । प्रदेशसभामा पत्रकारसंगै आम नागरिकका लागि सहज वनाउन उहाँको सुझाब छ । आएका विधयकलाई पर्याप्त छलफल गरेर मात्र सभामा लैजानुपर्ने उहाँले वताउनुभयो ।
कार्यक्रममा जनपत्र मिडाया प्रालि मकवानपुरका अध्यक्ष हरि हुमागाईले संसदीय खुलापन र पारदर्शितामा असल अभ्यासको सुरुवात गर्नकै लागि कार्यक्रम गरिएको वताउनुभयो । संसदको पुरानो भवनका कारण पनि सबैखालका समस्या भएकाले अब नयाँ भवन निर्माण भएपछी धेरै खालका समस्या पनि समाधान हुने उहाँले वताउनुभयो । कार्यक्रममा प्रेश युनियन बागमती प्रदेशका संयोजक राममणि दाहाल, नेपाल टेलिभिजन मकवानपुरका संबाददाता दिपेन्द्र रोक्का लगायतकाले संसदलाई खुलापन दिनुपर्नेमा जोड दिनु भएको थियो ।