सांकेतिक तस्विर

निशा गुरुङ/हेटौंडा
कोरोना कहरले विश्व नै थैलिएको ८ महिना बितिसकेको छ । सामाजिक, आर्थिक, शैक्षिक, व्यवसायिक लगाएत हरेक क्षेत्र यसबाट अत्यन्त प्रभावित छन् । शिक्षा क्षेत्रमा परेको प्रभावले विधार्थीको यो वर्षको शैक्षिक सत्र नराम्ररी प्रभावित परेको छ । अव भने सबै शिक्षालयहरुले उचित साबधानी अपनाउँदै पठनपाठन सुरु गरेका छन् । मकवानपुरका विधालयहरुले पनि धमाधम पढाउन थालेका छन् । अवस्था पहिचान गरी विधालय सञ्चालन गर्ने जिम्मेवारी पाएका पालिकाहरुले सर्त सहित विधालय सञ्चालनका पहल लिएपछि मकवानपुरका विभिन्न पालिकाहरुमा विधालय धमाधम खुल्न थालेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं १४ मा रहेको जनज्योती माध्यमिक विधालय आईतवार देखि खुलेको छ । शिक्षा समितिको निर्णय र स्थानिय अभिभावको भेलाबाट सुरक्षित ढंगले विधालय सञ्चालन गरिएको हो । विधार्थीलाई विधालयले सामाजिक दुरी कायम गर्ने तरिका बारे पनि जानकारी गराएको छ । एक बेन्चमा २ जना र कक्षा भित्र बस्दा मास्क अनिवार्य लगाउने र शौचालय जाँदा पनि एक एक जना गरी मात्रै जाने गरेको विधालयका छात्रा जानकी लामाले बताउनुभयो ।
शैक्षिक सत्र खेर जान नदिने सरकारी योजना अनुसार मकवानपुरका विधालयहरुमा सबै किसिमका सुरक्षा मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरिएको हो । शिक्षकले विधालय मात्र होईन घरपरिवार पनि सुरक्षित राख्ने तरिकाबारे विधार्थीमा अभिभावकलाई पनि सचेत गराउने गरिएको छ । विधालयमा विध्यार्थीहरुलाई मास्को सेनिटाईजर प्रयोग गरेर मात्रै पठन पाठन सञ्चालन गरिएको र विधालयको गेटमा ज्वरो नाप्ने थर्मलगन समेत राखेर विध्यार्थीहरुको जोरो नाप्ने गरेको जनज्योती माध्यमिक विधालयका प्रधानध्यापक भोगेन्द्र लुईटेलले बताउनुभयो । विधालय ५ सिफ्ट गरेर सञ्चालन गरिएको प्रधानध्यापक लुईटेलले जानकारी दिनुभयो । विद्यालयमा सबै जसो विध्यार्थीले माक्स लगाएर आउने गरेको र नलगाई आउने विद्यार्थीलाई विधालयले नै माक्स दिने गरेको लुईटेलले बताउनुभयो ।
१० वटा स्थानिय तह रहेको मकवानपुरमा सामुदायिक तर्फ ५ सय र संस्थागत तर्फ ७८ विधालय रहेको छ । व्यत्तिगत स्वास्थ सुरक्षाको उपाय अबलम्बन गरेर पढाई सुरु गरेर विध्यार्थी मार्फत घरपरिवारमा समेत स्वास्थ सुरक्षाको उपाय पुग्ने गरी शिक्षकले भुमिका खेले कोरोना विरुद्धको लडाँईमा शैक्षिक क्षेत्रको भुमिका बलियो हुने देखिन्छ ।