हेटौंडा – नेकपा एमाले हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कमिटीको अधिवेशनले लक्ष्मण खुलालको नेतृत्वमा नया कमिटी चयन गठन गरेको छ । आज भएको अधिवेशनले खुलालको अध्यक्षतामा नयाँ वडा कमिटी गठन गरेको हो ।
आजै हेटौंडा ६ मा पनि एमालेको वडा अधिवेशन सम्पन्न भइसकेको छ । वडा नम्बर ६ मा विश्व राईको अध्यक्षतामा नयाँ वडा कमिटी चयन भएको छ । नगरमा ४१ सदस्य र गाउँपालिकामा ३१ सदस्य वडा कमिटी निर्माण हुने एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुरको अन्य सबै वडाहरुमा भने भोली शनिबार अधिवेशन हुने उहाँले बताउनुभयो ।