bfªdf cfO{taf/ /ftLb]lv k/]sf] clj/n aiff{sf sf/0f kfs]sf] wfgafnLdf 7"nf] If]lt k'u]sf] 5. jiff{sf sf/0f ls;fgn] sf6]/ /fv]sf] wfg kfgLn] aufpg yfn]kl5:ofxb} zfGtLgu/ ufpFkflnsf # b]aLk'/sf ls;fg. Tf:jL/ gf/fo0fL /hf}/] /f;; bfª

काठमाण्डौ – बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा दुई लाख ५८ हजार मेट्रिक टन धानमा क्षति भएको छ । झन्डै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरणमा ६७ हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । वर्षाका कारण एक लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई असर मात्रै पुर्‍याएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । उहाँका अनुसार यो प्रारम्भिक अनुमान मात्रै हो ।
लुम्बिनीका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा क्षति धेरै छ । लुम्बिनीमा ४२ हजार चार सय २७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । लुम्बिनीमा मात्रै चार अर्ब ५१ करोड रुपैयाँभन्दा धेरैको एक लाख ६१ हजार दुई सय २३ मेट्रिक टन धानमा क्षति पुगेको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा वर्षाले धेरै असर पारेको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश १ को झापा, सुनसरी र मोरङमा धेरै असर परेको छ । सातै वटै प्रदेशमा असर पुगेको र विवरण सङ्कलनकै क्रममा रहेको प्रवक्ता सञ्जेलले बताउनुभयो । पूर्वदेखि पश्चिमसम्म नै वर्षाले क्षति गरेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान झन्डै पाँच प्रतिशत रहेको छ । धानबालीमा भएको क्षतिले राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर पार्ने कृषि अर्थविज्ञले बताउँदै आएका छन् ।