हेटोंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता बढाएको छ ।एमालेबाट अध्यक्षका उम्मेद्वार देवकृष्ण पुडासैनी शर्माले २ हजार ६७० मत प्राप्त गर्दै अग्रता बढाईरहेका छन् भने गठबन्धनबाट कांग्रेसका विश्व लाल लामाले २ हजार ४८६ मत प्राप्त गर्दै पुडासैनीलाई पछाईरहेका छन् । पुडासैनी र लामाको मतान्तर १ सय ८४ रहेको छ ।
यसैगरि,जनता समाजवादी पार्टी, नेपालका देव कुमार लामाले ५६ मत,एकिकृत समाजबादीबाट अध्यक्षका उम्मेद्वार जीवन लामाले ३० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुक्र बहादुर लामाले १३ मत ल्याएका छन् । एकिकृत समाजबादीका लामा इन्द्रसरोबर गाउँपालिकाका निर्वतमान अध्यक्ष समेत हुन् ।
यसैगरि,उपाध्यक्षमा एमालेकी उमा कुमारी लामाले २ हजार ६१५ मत र कांग्रेसकी निर्मला रुम्बाले २ हजार ५३५ प्रात गरेकी छन् । यसैगरि,उपाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालकी रस्मिला घिसिङले ५२ मत पाउँदा स्वतन्त्र उम्मेद्वार कमल बहादुर घिसिङले शून्य मत पाएका छन् ।