मकवानपुर– मकवानपुरमा आज एकै दिन ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहानको रिपोर्टमा दुईजनामा संक्रमण पुष्टि भएको थियो भने साँझको रिपोर्टमा दुईजनामा संक्रमण पुष्टि भएको हो ।
आज बिहान मकवानपुरगढी गाउँपालिका–५ का ७० वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका–९ की ४६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । त्यस्तै साँझ प्राप्त रिपोर्टअनुसार हेटौंडा–२ बस्ने २२ वर्षीय पुरुष र बारा जिल्लाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो मंगलबार पठाइएको कुल ३५ वटा स्वाबको नमूना मध्येबाटै आज बिहान दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा ल्याइएको छ ।