हेटौंडा– मकवानपुरमा सैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब र जिमखाना बन्द भएकाे छ । हेटौंडाममा कोरोनाको सक्रमण बढ्दै गएपछि जिल्ला कमाण्ड पोष्टले जिल्लाका सैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब र जिमखाना बन्द गर्ने निर्णय गरेकाे हाे । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कमाण्ड पोष्टको बैठकले आज टिसिएन रोडमा रहेको सिता भवन समेत सिल गरिएको छ । हिजो हेटौंडा–१० का २ जनामा कोरोना पुष्टि भएसँगै कन्ट्रयाक टे«सिङ कार्य नसकिएसम्म सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयाे ।

त्यस्तै जिल्ला भित्र सञ्चालित होटल तथा रेष्टुराहरु न्यूनतम स्वास्थ्य सुरक्षा अवलम्बन नगरी सञ्चलान गरिएमा कारबाही गर्ने तथा मापदण्ड पुरा गर्न आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै दक्षिणि सिमा स्थित चुरियामाई नजिकै प्रहरीको सुरुक्षा टोली राखिने तथा पास लिएर नआउने सवारी साधनलाई जिल्ला छिर्न नदिने निर्णय भएको छ । आजबाट हेटौंडा बजारमा निर्णय पालना भएनभएको पनि कडाइका साथ अनुगमन गरिएको छ ।