मकवानपुर, बैशाख २९ । मकवानपुर जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीमध्ये ५० दशमलव ९९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । सार्वजनिक नतिजाअनुसार कुल ५ हजार ५ सय २७ परीक्षार्थीमध्ये २ हजार ८ सय १८ जनाले ग्रेड प्राप्त गरेका हुन् ।
यस्तै, २ हजार ७ सय ९ जना विद्यार्थी भने नन–ग्रेडेड भएका छन्। जिल्लाभर सञ्चालन गरिएको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म चलेको थियो । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा अपेक्षाकृत छिटो प्रकाशित गर्न सफल भएको सम्बन्धित पक्षले जनाएको छ।











