मकवानपुर – मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आजबाट निशुल्क डायलासिस सेवा सुरु गरिएको छ । डायलासिस सेवाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज एक कार्यक्रमका बीच उद्घाटन् गर्नुभएको हो ।

हेटौंडा अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु गरेको हो । हेटौँडास्थित युनिलिभर प्रालिले दुई र शिवम् सिमेन्टले एक डाइलाइसिस मेशिन अस्पताल व्यवस्थापनलाई निःशुल्क उपलब्ध गराएको थियो । उपमहानगरपालिकाले आफ्नै खर्चमा दुई खरिद गरी ल्याएका समेत पाँच मेशिन जडान गरी मिर्गौला पीडितलाई डाइलाइसिस सेवा सुरु गरिएको हो । अहिले पाँच वटा मेसिन मार्फत मृगौलाका बिरामीको डायलासिस गर्न सुरु गरिएको र छिट्टै थप पाँच वटा मेसिन ल्याएर सेवालाई बिस्तार गर्दै लाने तयारी रहेको छ । तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीहरुलाई सेवा दिइने अस्पतालले जनाएको छ । अस्पतालमा डाइलसीस मेसिन स्थापना भए पश्चात आजै तीन जना बिरामीको डायलालसिस समेत गरिएको छ । मकवानपुरका करिब ५ सय ३७ जना बिरामीले डायलासिस सेवा अन्य जिल्लाबाट लिदै आएका छन् ।

कार्यक्रममा मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती डाक्टर बिश्वराज जोशीले हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु हुन आफैमा राम्रो भएको बताउनुभयो । उहाँले प्रतिष्ठान मार्फत बागमती प्रदेशले स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न खोजेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, प्रतिष्ठानका रजिस्ट्रार एवं अस्पतालका अध्यक्ष राजेश प्रसाईं, प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुडाल, अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइ, अस्पतालका निमित्त मेसु रामचन्द्र सापकोटा, मकवानपुरका प्हरी प्रमुख प्रहरी उपरिक्षक साेमेन्द्र सिंह राठाैरलगाएतको उपस्थिती थियो ।