भरतपुर महानगरपालिकाकाे मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राख्नुभएकाे छ । अहिलेसम्म दुई सय मत गन्दा एमालेका सुवेदीले ८२ मत प्राप्त गर्नुभएकाे छ । सुवेदीलाई पछ्याइ रहनुभएकी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६८ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गर्नुभएकाे छ ।