हेटाैंडा– मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हेटौंडामा शनिबार दौड प्रतियोगिता भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौंडा–६ नम्बर वडा कमिटीको आयोजनामा महिला तथा पुरूष दाैड प्रतियोगिता भएको हो ।

११० औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा आयोजित ३ किमी खाली खुट्टा दौडने प्रतियोगितामा महिला तर्फ प्रनिता पुडासैनी प्रथम हुनुभएको छ । प्रतियोगितामा महिला तर्फ विनिसा भट्टराइ दोश्रो तथा गीता राइ तेश्रो हुनुभयो । यस्तै पुरुष तर्फको ३ किमी खुल्ला दौडमा सविन गुरुङ, शुभाष चौलागाइँ र शरण थिङ क्रमश प्रथम, द्धितीय र तृतीय हुनुभएको छ । विजयी प्रतियोगिलाई क्रमश नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य अनन्त पौडेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।